Mon. May 6th, 2024

काठमाडाैं । 
युरोकप च्याम्पियन पोर्चुगलले आगामी रुस विश्वकप २०१८ का लागि आफ्नो प्रारम्भिक ३५ खेलाडीको घोषणा गरेको छ । हिजो प्रशिक्षक फर्नान्डो सान्टोसले आफ्नो छनोट सार्वजनिक गरेका थिए ।
३५ सदस्य मध्ये अघिल्लो विश्वकपमा सामेल ११ खेलाडी रहेका छन् भने १९ खेलाडीले अघिल्लो वर्षको कन्फेडेरेसन कप खेलका थिए । ३५ नामहरुमध्ये सबैको नजर स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोमै रहेको छ । उनीसहित ब्रुनो आल्भेस, नानी र विलियम विश्व फुटबलमा अनुभवी नामहरु रहेका छन् ।
प्रारम्भिक टोलीमा समावेश नामहरुमा एडर र म्यानुयल फर्नान्डेस रुसमै घरेलु फुटबल खेलिरहेका छन् । पोर्चुगलले आफ्नो पहिलो खेल जुन १५ मा स्पेनसँग खेल्ने छ । त्यस्तै पोर्चुगलले जुन २० मा मोरक्को र जुन २५ मा इरानको सामना गर्ने छ । पोर्चुगलसहित सबै टोलीले अन्तिम २३ सदस्यीय टोली जुन ४ सम्म घोषणा गर्ने छन् ।
पोर्चुगलको प्रारम्भिक टोली
गोलकिपर एन्थोनी लोपेज, बेटो, रुइ पाट्रिसियो
डिफेन्डरः एन्टुनेस, ब्रुनो एल्भेस, सेड्रिक, जाओ क्यान्सेलो, जोसे फोन्टे, लुइस नेटो, मारियो रुइ, नेल्सन सेमेडो, पेपे, राफायल गुरेरो, रिकार्डो, रोलान्डो, रुबेन डियास
मिडफिल्डः एड्रियन सिल्भा, आन्द्रे गोमेज, बर्नार्डो सिल्भा, ब्रुनो फर्नान्डेस, जाओ मारियो, जाओ मोउटिन्हो, म्यानुयल फर्नान्डेस, रोनी लोपेस, रुबेन नेभेस, सर्जियो ओलिभियरा, विलियम
फरवार्डः आन्द्रे सिल्भा, क्रिस्टियानो रोनाल्डो, एडर, गेल्सन मार्टिन्स, गोन्कालो गुएडेस, पौलिन्हो, रिकार्डो क्वारिस्मा

Leave a Reply

%d bloggers like this: