Sun. May 19th, 2024

काडमाडाैं । 
तरकारीवाली नामले एक समय भाइरल भएकी कुशुम श्रेष्ठकाे अभिनय रहेकाे  फिल्म ‘लम्फु’ शुक्रबारबाट हलहरुमा प्रदर्शनमा अाएकाे छ ।
‘लम्फु’ले आफ्नो प्रचारप्रसार व्यापक बनाइरहेको स्रोतले जनाइएको छ । फिल्मको टिमले फिल्मको केही दिन अगाडि मोफसलमा प्रचार गरेकाे थियाे ।
बुधवार त्रिभुवन विश्वविद्यालयमा प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले आयोजना गरेको ’कला, साहित्य एवं सांस्कृतिक’ कार्यक्रममा लिड कलाकार कबिर खड्का, सञ्जित भण्डारी र आयान खड्काले ‘लम्फू’ को प्रचार गरेका हुन् । कुशुम श्रेष्ठ भने प्रचार प्रसारमा हिडेकी छैनन् । उनको प्लस टु को परीक्षा चलिरहेकोले प्रचार प्रसारमा नदेखिएको हो।  २७ गते बिहिबारबाट उनको परीक्षा सकिंएको छ । अब भने उनी निर्माण युनिटसँग जाने स्रोतले जानकारी दिएको छ ।
कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई ,आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मि भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको कलाकारहरुले अभिनय गरेका छन् ।

Leave a Reply

%d bloggers like this: