Sat. Apr 20th, 2024

काठमाडाैं । 
युरोपियन क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युइएफए च्याम्पियन्स लिगको फाइनल सर्बियन रेफ्री मिलोरड माजिकले खेलाउने पक्का भएको छ । यो सिजनको फाइनल खेल युक्रेनको किभमा २६ मे मा हुँदैछ।
युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएको रेफ्री कमिटिले सोमबार च्याम्पियन्स लिगको फाइनलका लागि ४५ वर्षीय माजिकलाई म्याच रेफ्रीको रुपमा घोषणा गरेको हो । यसपटक च्याम्पियन्स लिगको फाइनलमा स्पेनिस जाइन्ट रियल म्याड्रिड र इङ्लिस क्लब लिभरपुलबीच प्रतिस्पर्धा हुदैछ ।
सेमिफाइनलमा रियलले जर्मन च्याम्पियन बायर्न म्युनिखलाई ४–३ ले तथा लिभरपुलले इटालियन क्लब एस रोमालाई ७–५ ले पराजित गर्दै फाइनलमा भेट पक्का गरेका थिए । अन्तर्राष्ट्रिय रेफ्री माजिकले यो सिजन च्याम्पियनस लिग चरणका चार र युरोपा लिगको समूह चरणको दुई खेल खेलाएका थिए ।
माजिकले सन् २०१७ को फिफा कन्फेडेरेसन कपको फाइनल र सन् २०१६ को युएफा सुपर लिगको फाइनल खेल खेलाएका थिए । कन्फेडेरेसनको फाइनलमा जर्मनी र चिलीले प्रतिस्पर्धा गरेका थिए । माजिकको सहायकको रुपमा डच रेफ्री बिज्रन कुइपर्स रहेनेछन् ।
दुई वर्षअघि लिभरपुल र म्यानचेष्टर युनाइटेडबीच भएको युरोपा लिगको प्रि–क्वार्टर फाइनलको दोस्रो लेग खेलाउदा माजिक निकै विवादित बनेका थिए । ओल्ड ट्राफोर्डमा भएको खेलमा घरेलु टोली युनाइटेडलाई विवादित पेनाल्टी दिएका थिए ।
लिभरपुलका फिलिपे कौटिन्होले बराबरी गोल फर्काएपनि समग्रमा ३–१ ले लिभरपुल पछि पर्दै प्रतियोगिताबाट बाहिरिएको थियो । फाइनलमा माजिकको सहायकमा मिलोभान रिस्टिक, डालिबो डीजुर्डिभिक र फोर्थ अफिसियलमा क्लिमेन्ट ट्रुपिन रहनेछन् ।

Leave a Reply

%d bloggers like this: