Sun. May 19th, 2024

काठमाडाैं । 
अन्तराष्ट्रिय शैक्षिक परामर्शका क्षेत्रमा काम गर्दै आएको नयाँ बानेश्वरमा अवस्थित ब्राडफोर्ड एजुकेशन कन्सल्टेन्सीले चर्चित नायक प्रदीप खड्कालाई ब्राण्ड एम्बेस्डरमा  नियुक्त गरेको छ । आईतबार राजधानीको होटल रेडिशनमा आयोजित कार्यक्रममा खड्कालाई ब्राण्ड एम्बेस्डर नियुक्ति गरिएको हो ।
कार्यक्रममा बोल्दै नायक खड्काले ब्राडफोर्ड एजुकेशन उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुमाझ लोकप्रिय नाम भएकोले ब्राण्ड एम्बेस्डर बन्न तयार भएको बताए । नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनपश्चात नेपाल फर्केर आफुले सिकेको ज्ञान र सिपलाई नेपाल निर्माणमै खर्च गर्न उत्प्रेरित गर्ने उनले बताए ।
त्यस्तै नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का महासचिव शेषराज भट्टराईले युवा युवतीमाझ चर्चित नायक प्रदीप खड्कालाई ब्राडफोर्डले एम्बेस्डर बनाएकोमा विद्यार्थीहरुमाझ सकारात्मक सन्देश गएको भन्दै उनलाई इक्यानकै ब्राण्ड एम्बेस्डरको रुपमा सहयोग गरिने बताए ।
त्यसैगरी कार्यक्रममा ब्राडफोर्डका सिइओ पवन विष्टले प्रदीपले नेपालको प्रतिनिधित्व गर्नसक्ने भएकोले ब्रण्ड एम्बेस्डर बनाईएको बताए । नेपालमा मात्र नभई बिदेशमा पनि प्रदीप लोकप्रिय भएकोले उनी मार्फत नेपाली विद्यार्थीलाई नेपालबारे सकारात्मक सन्देश दिन सकिने विष्टले बताए ।
उच्च शिक्षा अध्ययनको लागि बिदेश गएर उतै रमाएका विद्यार्थीहरुलाई नेपाल फर्कन प्रोत्साहित गर्ने कार्यक्रमहरुमा प्रदीपलाई सक्रिय बनाईने योजना विष्टले सुनाए । साथै बिदेशमा हुने बिभिन्न शैक्षिक कार्यक्रममा पनि प्रदीपले शिक्षाको सँगसँगै नेपालको धार्मिक, संस्कृतिक र मौलिकताका बारेमा पनि प्रचार प्रचार गर्ने विष्टले बताए ।
स्थापनाको १२ औँ बर्ष प्रबेश गरेको ब्राडफेर्ड एजुकेशनले हाल अमेरिका, अष्ट्रेलिया, न्युजील्याण्ड, क्यानडा र जापानमा उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी पठाउदै आएको छ ।  हाल काठमाडौँको नयाँ बानेश्वरसहित बिश्वका शान्ता क्लारा, क्यालिफोर्नियामा शाखा विस्तार गरिसकेको छ । अष्ट्रेलियाको सिड्नी र जापानमा शाखा बिस्तारको काम अगाडि बढिसकेको र आगामी दिनमा विश्वका अरु देशमा पनि शाखा विस्तार गर्ने ब्राण्डफोर्डका सिइओ पवन विष्टले जानकारी दिए ।
 

Leave a Reply

%d bloggers like this: