Sun. May 19th, 2024

काठमाडाैं । 
बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले यसै सिजन एटलेटिको म्याड्रिडका फरवार्ड एन्टोइन ग्रिज्मनको एजेन्टलाई भेटेको स्वीकारेका छन् । यद्यपी उनले ग्रिज्मनको बार्सिलोनामा भविष्य रहेको वा नरहेको बारे केहि खुलाउन भने नचाहेकाे विदेशी मिडियाहरूले जनाएका छन् ।
यहि जनवरीमा बार्सिलोनाले २७ वर्षीय फ्रान्सेली फरवार्ड ग्रिज्मनसँग कुनै सम्झौता नभएको भन्दै विज्ञप्ति जारी गरेको थियो । डिसेम्बरमा एटलेटिको म्याड्रिडले फिफामा बार्सिलोनाले अवैध तरिकाले ग्रिज्मनलाई भित्र्याउन खोजेको भन्दै उजुरी जारी गरेपछि बार्सिलोनाले त्यसलाई नकारेको थियो । यद्यपी बार्टोमेउले ग्रिज्मनको एजेन्टलाई भने आफूले भेटेको बताएका छन् ।
‘ हामीले गत अक्टोबरमा सानो भेटघाट गरेका थियौं । सामान्य भेटघाट बाहेक हामीले केहि कुरा गरेका छैनौं । यसलाई ठूलो सोचमा परिणत हुने सम्भावना निकै कम छ,’ उनले भने । ग्रिज्मनले सन् २०२२ सम्मका लागि अनुबन्धन गरिसकेको हुनाले त्यसपश्चात उनीसँग बोलचाल नभएको पनि उनले बताएका छन्  ।

Leave a Reply

%d bloggers like this: