Tue. May 7th, 2024
 काठमाडाैं ।
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक काेईराला ,नेता डा. मिनेन्द्र रिजाल , प्रवक्ता विश्व प्रकाश शर्मा र अन्य विशिष्ट व्यक्तिहरूले शुक्रबारबाट प्रदर्शनमा अाएकाे   चलचित्र डमरूकाे डण्डीबियाे अवलाेकन गरेका छन् । चलचित्र अवलाेकन पश्चात् उक्त विशिष्ट व्यक्तिहरूबाट सकारात्मक प्रतिक्रिया अाएकाे छ । 
हरेक वर्ष एक फिल्ममात्र लिएर दर्शकमाझ आउने खगेन्द्रको  यसमा स्पोटी व्यक्तिको भूमिका निर्वाहा गरेका छन् । उनी आफू करीब ५ वर्षपछि फरक भूमिकामा आएको बताउँछन् ।
‘डमरुको डण्डीबियो’  कथा खगेन्द्र आफैंले  लेखेका हुन् । छेतेन गुरुङ निर्देशित यस फिल्ममा अनुप बराल, अशान्त शर्मा, मेनुका प्रधान, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, मिश्री थापा, नमिता घिसिङ, इंगि होपू कोइंच सुनुवार, अंकित खड्का लगायतका कलाकारहरुको फिल्ममा अभिनय छ ।
समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र नोर्बु छिरिङ घलेको लगानीमा निर्माण भएको ‘डमरुको डण्डीबियो’ को ७५ प्रतिशत छायांकन लमजुङको घले गाउँ र बाँकी काठमाडौंमा भएको हो ।

Leave a Reply

%d bloggers like this: