Sat. Apr 27th, 2024

काठमाडाैं । १३ बैशाख , 
गएराति भएकाे  युराेपियन च्याम्पियन्स लिग फुटबलकाे सेमिफाइनलकाे पहिलाे लेगमा जर्मन क्लब बायर्न म्युनिख पराजित भएकाे छ । जर्मन जायन्ट बायर्नलार्इ डिफेण्डिङ च्याम्पियन रियल मड्रिडले उसैकाे घरेलु मैदानमा २ का विरूद्ध १ गाेलले पराजित गरेकाे हाे ।
खेलमा सुरूवाति अग्रता भने घरेलु टाेली बायर्नले खेलकाे २८अाैं मिनेटमा जाेसुअा किमिचकाे गाेलबाट लिएकाे  थियाे । उनले  रियल मड्रिडकाे कमजाेर रक्षा पंक्तिकाे फार्इदा उठाउँदै अाकर्षक गाेल गरेका  थिए । तर , बायर्नले अग्रता जाेगाउन नसक्दा पहिलाे हाफ १ – १ काे बराबरीमा सकिएकाे थियाे ।
खेलमा फर्किने क्रममा रियलका ब्राजिलियन  डिफेन्डर मार्सेलाेले ४४ अाैँ मिनेटमा अाकर्षक गाेल गर्दै खेललार्इ १-१काे स्थितिमा ल्याए भने इस्काेकाे स्थानमा ४६अाैं मिनेटमा मैदान प्रवेश गरेका मार्काे एसिन्सियाेले  निर्णायक गाेल गर्दै रियलकाे जीत सुनिश्चित गरे ।
याे हारसँगै रियल मड्रिड फाइनलका लागि एक चरण अगाडी बढेकाे छ भने बायर्नकाे गत सिजनमा ब्यहाेरेकाे हारकाे घाउमा मल्हम लगाउने सपना सपनामै सिमित रहेकाे छ ।
स्मरण रहाेस् याे सेमिफार्इनल रियल मड्रिडले च्याम्पियन्स लिगमा खेलेकाे २९ सेमिफाइनल हाे ।

Leave a Reply

%d bloggers like this: