Thu. Mar 28th, 2024

केही कुरा मनमा लुकेको,
थाहा हुन्छ तिम्रो मन दुखेको ।
आफ्नो पन छ सानु,
हाम्रो नातामा आफ्नो पन छ सानु, तिमि रिसाउँदा म फकाउँछु, म रिसाउँदा तिमि फकाउनु, जिन्दीभर साथ दिने एउटा मन छ सानु ।।
यस्तै शब्दहरुलाई मिठो लयमा उनेर गायक जय देवकोटा र शान्ति श्री परियारले सुमधुर स्वरसहित आफ्नो नयाँ गीती कोशेली बजामा ल्याएका छन् । जय देवकोटा र मुक्ति गौतमको निर्माणमा रहेको सो एल्बमको मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी लोकार्पण गरिएको हो ।
जय देवकोटाकै शब्द र लय रहेको सो गीतमा मुक्ति गौतम र सारिका केसीको अभिनय रहेको छ । कपिल लामाले निर्देशन गरेको म्युजिक भिडियोको करण चैसिरले छायांकन गरेका छन् भने श्याम कुँवरले सम्पादन गरेका छन् ।
शिव दर्शन फिल्मसले बजारमा ल्याएको गीतमा प्रेमी प्रेमिकाबीच हुने स–साना उतारचढाव र विश्वासको प्रसंगलाई उजागर गरिएको छ ।
हेर्नुहोस् पुरै गीत

Leave a Reply

%d bloggers like this: