Thu. Mar 28th, 2024
काठमाडाैं । १३ बैशाख ,
  प्रदर्शनकाे दुई दिन अगाडि फिल्म ‘ह्याप्पी डेज’ को नयाँ गीत  ‘सुस्त यो.. ‘  सार्वजनिक भएको छ । यस गितमा दयाहाङ राई र प्रियंका कार्की फिचरिङमा रहेका छन् ।
नरेश भट्टराईको शब्द रहेको गीतमा तारा प्रकाश लिम्बूले संगीत भरेका छन् । यस गीतमा तारा र दीपा लामाको स्वर रहेकाे छ । गीतको लोकेशन र छायङ्कन  उत्कृष्ट रहेकाे निर्माण पक्षले जनाएकाे छ । भिडियोमा प्रियंका र दयाहाङको जोडी  उत्कृष्ट देखिएकाे छ ।
लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको ‘ह्याप्पी डेज’ लाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।
रोमान्टिक ड्रामा मिश्रित यो फिल्ममा सञ्जय गुप्ता, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स लगायतका कलाकारहरुको पनि अभिनय रहेकाे छ ।
पैसा कमाउन बेलायत पुगेको एक नेपाली युवकको बैधानिक बसोबासका लागि गर्ने संघर्षको कथा फिल्मले बोल्छ । रामकुमार केसीले खिचेकाे याे  फिल्म  २ करोड ५० लाखमा निर्माण भ्एकाे हाे ।
वीपि खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्स निर्माता रहेको यो फिल्मको छायांकन लन्डन, नेपाल, वेल्स, इङ्ल्याड, स्कटल्यान्ड लगायतका देशहरुमा गरिएको हो ।

Leave a Reply

%d bloggers like this: