Thu. May 9th, 2024

काठमाडाैं । १२ बैशाख , 
युराेपिन प्रतिष्ठित क्लब स्तरीय फुटबल प्रतियाेगिता च्याम्पियन्स लिगमा  सेमिफाइनल अन्तर्गतकाे पहिलाे लेगमा अाज राति स्पेनिस पावर हाउस रियल मड्रिड र जर्मन जायन्ट बायर्न म्युनिखबीच राेचक प्रतिस्पर्धा हुँदै छ । यस राेमाञ्चक खेलका  लागि  बायर्न म्युनिखले स्पेनिस जायन्टलार्इ अाफ्नाे घरेलु मैदान एलियन्ज एरेनामा  स्वागत गर्दै छ ।
दुबै टाेलिका प्रशिक्षकहरू अाफ्नाे टीमले जीत दर्ता गर्नेमा ढुक्क देखिएका छन् भने दुबै तर्फबाट पहिलाे प्राथमिकताका खेलाडीहरू मैदानमा उत्रिने प्रबल सम्भावना रहेकाे छ ।
यस खेलमा बायर्नलार्इ पराजित गर्दै लगातार तेस्राे पटक युरेपियन च्याम्पियन बन्ने तर्फ अगाडि बढ्ने रियलकाे दाउ रहेकाे छ भने बायर्न अाजकाे खेलमा जीत दर्ता गर्दै अाफ्नाे पुरानाे घाउ शान्त बनाउन चाहन्छ । अघिल्लाे सिजन रियल मड्रिड बायर्न म्युनिखलार्इ हराएर फाइनलमा गएकाे थियाे ।
 
 
 

Leave a Reply

%d bloggers like this: