Tue. Apr 23rd, 2024

काठमाडाैं । ११ बैशाख – चलचित्र ‘ए मेरो हजुर २’बाट चर्चामा आएका नायक सलिनमान बानियाँको नयाँ चलचित्र निर्माणकाे  घोषणा भएको छ । डेव्यु चलचित्रबाट नै लोभलाग्दो क्रेज बनाएका सलिनले पुराना निर्माता केशव भट्टराईले निर्माण गर्न लागेको चलचित्र ‘यात्रा अ म्युजिकल भ्लग’मा काम गर्ने भएका हुन् । सोमबार काठमाडौँको आयोजित एक कार्यक्रम बिच चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो । यस चलचित्रमा सलिन एक भ्ल्गरको भूमिका निभाउने छन् । आफ्नो फ्यान र मिडियाकर्मीलाई धन्यवाद दिँदै  करिब ७ महिना पछि नयाँ चलचित्रको साथ मिडियामा आएका सलिन भन्छन् ‘ए मेरो हजुर २ ‘ को समयमा धेरैले माया दिनु भयो । यो साथ र माया  मेरो नयाँ चलचित्रलाई पनि गर्नु हुनेछ भन्ने आशावादी छु । ’
 
यस चलचित्रबाट नव–नायिका मलिका महतले पनि डेव्यु गर्दै छिन् । चलचित्रमा सलिन र मलिकाको साथमा सलोन बस्नेत, जाहन्वी बस्नेत, रेयर राई, प्रक्षा बज्रचार्य, मलिका महत, विशाल कट्वाल, धिरेन शाक्य, राजाराज पौडेल, जयनन्द लामा, समृद्धि राई, चाइनिज कलाकार जुन ज्याङ, केन्याका कलाकार बोवी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई सम्राट् शाक्यले निर्देशन गर्दै छन् । वैशाखको अन्तिम साताबाट छायाङ्कन सुरु हुने चलचित्रमा सागर बोहोरको सिनेम्याटोग्राफी रहने छ  भने कविराज गहतराज र प्रवीण सिंहको कोरियोग्राफी रहनेछ । द्धन्द्ध निर्देशन हिमाल केसीले गर्नेछन् ।  निर्माण पक्षको अनुसार चलचित्र असोज ५ गते प्रदर्शनमा आउने छ ।
 
साभारः  सिनेपाटिबाट
 
 

Leave a Reply

%d bloggers like this: