Thu. Mar 28th, 2024

काठमाडौं । ११ वैशाख – दिलीप थापा डान्स सेन्टर र रवीनदास हेयर ब्युटी एकेडेमी हाउडा, कोलकाताले १२अाैँ प्रतिभा प्रदर्शन प्रतियोगिता २०१८ आयोजना गरेका छन्। सेन्टर नेपाली मूलका दिलीप थापाले १५ वर्षअघिदेखि सञ्चालन गरेको हो।
प्रतियोगितामा ८० नेपाली र भारतीय शिक्षार्थीले गणेश वन्दना, नेपाली, बङ्गाली र डान्डिया गुजराती, हिपहप र ताण्डव नृत्य तथा वन्दे मातरम् प्रस्तुत गरेका थिए। शिक्षार्थीका नेपाली आमाहरुसमेतले राजस्थानी घुमर, पल्लो लटक र हिपहप नृत्य प्रदर्शन गरेका थिए। उक्त अवसरमा सेन्टरले ८ जना असहायलाई ह्विलचियर पनि वितरण गरेको थियो।
कार्यक्रममा कोलकाताका लागि नेपाली वाणिज्यदूत एकनारायण अर्यालले शुभकामना सन्देश पठाउँदै सेन्टरले नेपाली संस्कृतिलाई भारतमा प्रचारप्रसार गरेकामा प्रशंसा गरेका थिए। भारत, पश्चिम बङ्गालका कोअपरेशनमन्त्री अरुप राय र हाउडा म्युनिसिप्यालिटीका काउन्सिलर मल्लिका राय चौधरीले कोलकातामा नेपाली र भारतीय संस्कृतिको सङ्गम भइरहेकामा सन्तोष व्यक्त गरे। कार्यक्रममा नेपाल पारवाहन तथा गोदाम व्यवस्थापन कम्पनिका ब्राञ्च मेनेजर लक्ष्मण खड्का, नेपाली जनकल्याण समिति कोलकाताका अध्यक्ष बद्रीविक्रम थापा र नेपालका उद्यमी दिनेशकुमार सिंजापतिलगायतको उपस्थिति थियो।

Leave a Reply

%d bloggers like this: