Thu. Apr 25th, 2024

काठमाडाैं । ११ बैशाख -अन्ततः ‘छक्का पञ्जा’ को तेस्रो श्रृंखलाका लागि  नायिका फाइनल गरिएको छ ।
यस फिल्मका लागी अभिनेत्री दीपिका प्रसाईँ फाइनल भएकी छिन् । फिल्म ‘ऐश्वर्य’ मा उनको अभिनय र सुन्दरताको सबैभन्दा धेरै तारिफ भएको थियो ।
बोल्ड एन्ड ब्यूटी नायिका चाहिएको हुँदा दीपकराजले दीपिका रोजेको जानकारी दिएका छन् । दशैंको फूलपातीमा प्रदर्शनमा तयारीका साथ फिल्मकाे बैशाख १७ गतेबाट छायांकन सुरु हुँदैछ ।
‘छक्का पञ्जा’ को दुबै श्रृंखलामा समेटेएकी अभिनेत्री वर्षा राउत यसको तेस्रो भागबाट भने बाहिरिएकी छिन् । यस्तै, ‘छक्का पञ्जा २’ मा प्रमुख भूमिका निर्वाहा गरेकी अभिनेत्री स्वस्तिमा खड्का पनि दीपक-दीपाको क्याम्पबाट ‘आउट’ भएकी छिन् ।
दीपाश्री निरौलाले निर्देशन गर्ने‘छक्का पञ्जा ३’मा प्रियंकाको भने विशेष भूमिका रहने निर्माण टिमले जानकारी दिएको छ ।
जितु नेपाल, केदार घिमिरे, वुद्दि तामाङलगायतका केही कलाकार भने यथावत रहेका छन् । पोखरा र दमौलीमा खिचिने फिल्मको छायाँकारमा पुरुषोत्तम प्रधान छन् ।

Leave a Reply

%d bloggers like this: