Fri. Apr 26th, 2024

काठमाडाैं । १० बैशाख –  ‘प्रेमगीत’ फिल्मबाट दर्शकका प्रिय बनेका  र २ वटा फिल्मका निर्माता  समेत बनिसकेका नायक  प्रदीप खड्का अर्काे  फिल्म लिएर पुन: निर्माताकाे रूपमा दर्शकसामू  प्रस्तुत  हुने भएका छन् । हाल प्रदर्शनरत फिल्म ‘लिलिबिली’का  निर्माता गोविन्द शाहीसँग मिलेर उनले नयाँ फिल्म निर्माण गर्न लागेका हुन् ।
प्रदिप अाफ्नाे फिल्ममा  अाफु नै प्रमुख भूमिकामा रहनेछन् । यसअघि प्रदीपले ‘स्केप’ र ‘ठूलोमान्छे’ नामक फिल्म निर्माण गरेका थिए । यी दुबै फिल्म बक्सअफिसमा असफल रहे ।
उनले तेस्रो फिल्म ‘प्रदीप मिडिया प्रा.लि.’ बाट  निर्माण गर्न लागेका हुन् । उक्त फिल्म निर्माणका लागि यो ब्यानरसँग वितरक तथा निर्माता शाहीको ‘काफिया फिल्मस्’ आवद्ध भएको छ ।
कात्तिक पहिलो साताबाट फ्लोरमा जाने फिल्मका लागि यतिबेला निर्देशक र नायिका छनौटमा निर्माण टिम जुटेको छ । खबरअनुसार, स्क्रिप्ट राईटरको पनि खोजी भइरहेकाे जानकारी प्राप्त भएकाे छ  ।
 नयाँ फिल्म ‘भैरवी’ को छायांकन सकाएपछि  प्रदीपले आफ्नै लगानीमा बन्ने नयाँ फिल्मलाई समय दिने बताइएकाे छ । ‘लिलिबिली’ को सफलताबाट उत्साहित भएका सुपरस्टार , प्रदीप पुनः निर्माताको रुपमा आउन लाग्दा खुसी महशुस गरेको बताउँछन् ।
उक्त अनटाइटल प्रोजेक्टलाई वर्ष २०७६ बैशाख १ गते प्रदर्शनमा ल्याइने भित्री तयारी भइरहेको छ ।

Leave a Reply

%d bloggers like this: