Fri. Apr 26th, 2024

काठमाडाैं । ७ बैशाख – नेपाली फिल्ममा मात्र नभई बलीउडमा पनि नायक नायिकाहरुले पाउने पारिश्रमिकमा ठूलो अन्तराल रहेको छ । समान फिल्ममा समान काम गरेपनि नायिकाहरुको भन्दा नायकहरुको पारिश्रमिक अधिक गुणा बढी हुने गर्दछ ।
यस विषयमा विभिन्न अभिनेत्रीहरुले विरोध गरेपनि अझै यसमा सुधार भने हुन सकिरहेको छैन ।
रेमो डिसुजाको फिल्म ‘एबीसीडी ३’ मा वरुण धवन र कट्रिना कैफको जोडी फाइनल गरिएको छ । ४डी मा निर्माण हुने भनिएको डान्समा आधारित यस फिल्मको चर्चाको विषय यसमा रहेका नायक नायिकाहरुबीचको पारिश्रमिक र त्यसको अन्तराल रहेको छ ।
केही बर्षअघि मात्र बलीउडमा प्रवेश गरेका वरुण धवनभन्दा कट्रिना कैफ बलीउड फिल्म इन्डष्ट्रिका लागि निकै सिनियर रहेकी छिन् । तर यो फिल्ममा कट्रिनाको पारिश्रमिक वरुण धवनको भन्दा ५ गुणा कम रहेको कुरा चर्चामा रहेको छ । यसले नायक र नायिका बीचमा हुने पारिश्रमिकको भिन्नतालाई स्पष्ट रुपमा देखाउँछ ।
भारतीय सञ्चारमाध्यमका अनुसार फिल्ममा वरुणलाई डान्सका लागि कट्रिना समान बनाउन धेरै पारिश्रमिक दिएर तयार गरिएको छ । फिल्मका लागि वरुणलाई ३२ करोड दिइएको छ जबकि कट्रिनालाई केवल ७ करोड माात्र । यस फिल्मका निर्देशक रेमो डिसुजाले फिल्मका लागि १२ करोड रुपैयाँ लिएको बताइएको छ ।
कट्रिना वरुणभन्दा धेरै नै राम्रो र प्रतिभाशाली डान्सर भएकाले उनलाई वरुणको भन्दा पाँच गुणा कम पारिश्रमिक दिइनु अनुचित भएको बताइएको छ ।
असमान पारिश्रमिकका विषयमा केही नायिकाहरुले आवाज उठाउदै आएका पनि छन् । विगतमा प्रियंका चोपडा, विद्या बालनले पनि यस विषयमा आवाज उठाएका थिए । तर यसमा सुधार हुन सकेको छैन ।
त्यस्तै केही समयअघि मात्र दीपिका पादुकोणले असमान पारिश्रमिकका विषयमा बोल्दै भनेकी थिईन्, मलाई लाग्दैन कि नायिकाहरुलाई धेरैभन्दा धेरै पारिश्रमिक दिइनुपर्छ भनेर । तर नायकहरुलाई कम पारिश्रमिक दिएर पनि लिङ्गका आधारमा हुने पारिश्रमिकको अन्तराल हटाउन सकिन्छ ।
 
साभार : nepal journal

Leave a Reply

%d bloggers like this: