Thu. Apr 25th, 2024

काठमाडाैं । ९ बैशाख – छैटौं एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७४ को लागि सर्वोत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ ।
गत वर्ष बैशाख १ देखि चैत मसान्तसम्म प्रदर्शित ८३ सिनेमाबाट आयोजक टिमले उकृष्ट पाँचको मनोनयन सार्वजनिक गर्दै प्रमाणपत्र बाँडेको छ ।
 
अगाडीका वर्षमा २० उत्कृष्ट  विधाहरू भएकाेमा यसपाली २ वटा नयाँ विधा थप गरिएकाे छ ।  लक्ष्मीनाथ शर्मा सर्वोत्कृष्ट पटकथा/संवाद र किरण सर्वोत्कृष्ट गीतकार यो वर्ष थपिएका विधाहरु हुन् ।
२० विधा मध्ये वर्षको अन्तिम तिर रिलिज भएकाे ‘लिलिबिली’ ९ विधामा उत्कृष्टका लागि मनाेनयनमा परेकाे छ । यसका साथै  शत्रु गते पनि समान ९ विधामा नै मनाेनित भएकाे छ भने ,  ‘छक्का पन्जा २’ ८, ‘मंगलम’ ७ र ‘ए मेरो हजुर २’ ६ विधामा मनोनित छन् ।
यस वर्षकाे उत्कृष्ट पाँच अभिनेताकाे मनाेनयनमा चकलेटी हिराेहरूले पकड बनाएका छन् । ‘कृ’बाट अनमोल केसी, ‘लिलिबिली’बाट प्रदीप खड्का, ‘म यस्तो गीत गाउँछु’बाट पल शाह, ‘मंगलम’बाट पुष्पल खड्का मनोनित हुँदा ‘तान्द्रो’बाट दयाहाङ पनि यस मनाेनयनमा समेटिएका  छन् ।
बैशाख १३ गते राजधानीको हायात होटेलमा अवार्ड भव्य रुपमा सम्पन्न गरिने जानकारी अायाेजकले दिएकाे छ ।
 
 
यी हुन्  ” लिलि बिली ” उत्कृष्टका लागि मनाेनयन भएका ९ विधाहरू 
१. हिरा सर्वोत्कृष्ट चलचित्र
२.प्रकाश सर्वोत्कृष्ट निर्देशक
३.शिव सर्वोत्कृष्ट अभिनेता
४.चैत्य सर्वोत्कृष्ट नव–अभिनेत्री
५.चेतन सर्वोत्कृष्ट लेखन
६.मञ्जु सर्वोत्कृष्ट छायांकार
७.तुलसी सर्वोत्कृष्ट सम्पादक
८.वसन्त सर्वोत्कृष्ट नृत्य निर्देशक : मिलन चाम्सः उड्यो मन(ब्लाइन्ड रक्स )
९.शुभ सर्वोत्कृष्ट पाश्र्व संगीत

Leave a Reply

%d bloggers like this: