Wed. Oct 5th, 2022

काठमाडौँ । ७ बैशाख –  विश्वका कान्छा निर्देशक सौगात विष्ट निर्देशित  फिल्म ‘हैरान’ को ट्रिजर सार्वजनिक गरिएको छ । याे उनले  निर्देशन गरेकाे दाेस्राे फिल्म हाे ।
फिल्मको गीत रिलिज गरिएको केही दिन पछि नै  फिल्मको ट्रिजर  पनि  रिलिज गरिएको हो ।
 
फिल्मका सबै कलाकारहरुलाई समावेश  गराएर ट्रिजर रिलिज गरिएकाे छ ।  रिलिज्ड ट्रिजरमा गजित विष्ट, सरोज खनाल, सागर लम्साल, बुद्धि तामाङ, सत्यराज आचार्य, शिशिर भण्डारी, पुष्कर रेग्मी, निश्मा घिमिरे, आरोही शर्मा र एञ्जल राई लगायतका  कलाकारलाई  देख्न सकिन्छ ।
निर्देशक विष्टले यो भन्दा अघि ‘लभ यू बाबा’ निर्देशन गरेर कान्छा निर्देशकको रुपमा विश्व किर्तिमानी राखेका  उनको दोश्रो फिल्म ‘हैरान’ जेठ ४ गतेबाट दर्शकमाझ  आउँदैछ ।

Leave a Reply

Your email address will not be published.