Sat. Apr 20th, 2024

काठमाडाैं । ७ बैशाख ( एजेन्सी ) – बलिउडका चलचित्र निर्माता करण जौहरले आफ्नो महत्वकांक्षी प्रोजेक्टको पहिलो लुक्स सार्वजनिक गरेका छन् । मल्टिस्टार फिल्म बनाउन माहिर मानिने करण एकपटक फेरि त्यही शैलीको कन्सेप्टमा ‘कलंक’ लिएर आउने भएका छन् ।
माधुरी दीक्षित, सञ्जय दत्त, आलिया भट्ट, वरुण धवन र सोनाक्षी सिन्हाका अलवा बलिउडका अन्य स्टारहरुलार्इ पनि करणले यस फिल्ममा देखाउँदै छन् ।
दर्शकमा कौतुहलता होस् भनेर  मल्टिस्टारर फिल्मको पहिलो पोस्टरलाई सस्पेन्स बनाइएको छ   । भारतीय मिडियाले जनाएअनुसार करणले उक्त फिल्म बनाउन १५ वर्षअघि नै सोच बनाएका थिए ।
यसका लागि करण र उनका बाबु यश जौहरले १५ वर्षअघि योजना बनाएका थिए । यो फिल्म एपिक ड्रामामा आधारित हुने बताइएको छ ।
‘कलंक’लाई बलिउडका तीन ठूला ब्यानर मिलेर बनाइरहेका छन् भनिएकाे छ। जसमा धर्मा प्रोडक्शन, फक्स स्टार स्टुडियो र नाडियाडवाला ग्रान्डन्स इन्टरटेनमेन्ट छन् ।
‘कलंक’ को निर्देशनका लागि फिल्म ‘द स्टेट्स’ फेम निर्देशक अभिषेक वरमनलाई चुनिएको छ । करणले फिल्मको पोस्टर शेयर गर्दै लेखेका छन्, ‘एपिक ड्रामा फिल्म कलंकको घोषणा गर्न पाउँदा म एकदमै उत्साहित छु ।’ यो फिल्म १९ अप्रिल २०२० मा रिलिज हुने बताइएको छ ।

Leave a Reply

%d bloggers like this: