Tue. Apr 16th, 2024

काठमाडाैं । ५ बैशाख – जोधपुर अदालतले बलिउड सुपरस्टार  सलमान खानलाई कन्सर्टका लागि नेपाल आउन अनुमति दिएको छ ।भारतीय सञ्चारमाध्यमका अनुसार  अदालतले सलमानलाई नेपाल लगायत ३ राष्ट्रको भ्रमण अनुमति दिएको हो ।
 
 
कालो हरिण शिकारको मुद्दामा ५ वर्षको सजाय सुनाइएपछि जमानतमा छुटेका उनलाई अर्को सुनवाईसम्म विदेश जान प्रतिवन्ध लगाइएकाे  थियाे  । उनले विदेश जानका लागि अदालतमा निवेदन दिएका थिए  ।  मंगलबार जोधपुर अदालतले उनको निवेदनमाथि सुनवाई गर्दै २५ मेदेखि १० जुलाईसम्म विदेश भ्रमणको अनुमति दिइएको छ । यो अवधिमा सलमानले क्यानाडा, नेपाल र अमेरिकाको भ्रमण गर्नेछन् ।
 
आफ्नो ‘द बङ टुर’ अन्तर्गत सलमानले आउदो १२ जेठमा काठमाडौंमा प्रस्तुति दिदैछन् । उनका साथमा नायिका सोनाक्षी सिन्हासहित थुप्रै कलाकारको लावालस्कर नेपाल आउनेछ । यसअघि गत फागुनमा यो कार्यक्रम तय भएको थियो । तर, विप्लव माओवादीले धम्की दिएपछि अन्तिम समयमा कार्यक्रम स्थगित भएको थियो ।

Leave a Reply

%d bloggers like this: