Thu. Apr 18th, 2024
काठमाडाैं । ५ बैशाख – दक्षिण कोरियाका एकजना प्रसिद्ध कलाकार चोइ इउन हाइको ९१ वर्षको उमेरमा निधन भएको खबर छ ।
दक्षिण कोरियाली यी कलाकारलाई शीतयुद्ध जारी रहेको समयमा सन् १९७८ मा उत्तर कोरियाले अपहरण गरेको थियो ।
उत्तर कोरियाका पूर्व नेता तथा राष्ट्रपति किम जोङ इलको आदेशमा उहाँलाई अपहरण गरिएको थियो ।
 
यसरी अपहरण गरी उहाँलाई बलजफ्ती रुपमा एक चलचित्रमा अभिनय पनि गर्न लगाइएको थियो ।
दशकौँसम्म दक्षिण कोरियामा प्रख्यात र लोकप्रीय रहेका कलाकार चोइलाई सन् १९७८ मा हङ्कङ्कमा रहेका बेला अपहरण गरिएको थियो ।
अपहरण गरेर उत्तर कोरिया पुर्याइएका कलाकार चोइले आठ दिनसम्म विरोधस्वरुप केही नखाई बसेकाे पनि जनाइएको थियो ।
चोइलाई उत्तर कोरियामा आठवर्षसम्म अपहरण गरी राखिएको र किम जोङ इलको आदेशमा उनलाई १० वटाभन्दा बढी चलचित्रमा अभिनय गर्न लगाइएको थियो ।

Leave a Reply

%d bloggers like this: