Sat. Apr 20th, 2024

काठमाडौं । ४ बैशाख – गत शुक्रबार अर्थात् चैत्र ३० गतेबाट प्रदर्शनमा आएको नेपाली चलचित्र लिलि बिलीले यतिबेला नेपालका सबै हलहरूमा उत्कृष्ट व्यापार गरिरहेको छ । सुरूवाती ३ तीन दिनमै २ करोड भन्दा माथि संकलन गर्न सफल यस फिल्मका निर्माण पक्षहरूले फिल्म रहेका उत्कृष्ट पक्षहरूको आधारमा यस फिल्म हेर्नै पर्ने कारणहरू खुलाएका छन् । हेरौं के छन् त त्यस्ता  फिल्म हेर्नै पर्ने कारणहरू
 
१ प्रदीप खड्काको उत्कृष्ट अभिनय
अन्य फिल्महरुमा जस्तै लिलि बीलिमा पनि प्रदीप खड्काको अभिनय दमदार नै देखिएको छ । सुन्दर मुहार र उत्कृष्ट अभिनयले अन्य फिल्ममा दर्शकको मन जितेका उनले यस फिल्ममा पनि त्यो क्रमलाई निरन्तरता दिएका छन् ।
 
२ जसिता गुरुङको सम्भावना
जसिता फिल्मी क्षेत्रमा धेरै सुनिएको नाम होईन । तर , यस फिल्मले यस फिल्मले उनलाई फिल्मी क्षेत्रमा निर्माताका लागि कर्णप्रीय नाम बनाउन सक्ने सम्भावना पलाएको छ । उनको यस फिल्मको अभिनयलाई दर्शकहरुले अत्यन्तै रुचाएका छन् । जसले जसिताको फिल्म क्षेत्रका लागि नयाँ अवसर सिर्जना गर्न सक्दछ ।
 
३ विदेशी भूमिमा गरिएको छायाङ्कन
यस फिल्मको अर्को सुन्दर पक्ष भनेको विदेशी भूमिमा गरिएको उत्कृष्ट छायाङ्कन हो । टर्कीको इस्तानबुल र स्कटल्याण्डमा खिचिएको सुन्दरताका दृश्यले चलचित्रलाई आकर्षक बनाउन मद्दत गरेको छ । अहिले नेपाली फिल्महरुको विदेशी भूमिमा गरिने छायाङ्कनको प्रचलनलाई यस फिल्मले अरुको भन्दा आकर्षक रुपमा प्रस्तुत गरेको छ ।
 
४ लबस्टोरी
फिल्ममा रहेको विदेशी दृश्यहरुको साथै लबस्टोरीले पनि दर्शकको ध्यान तान्न सफल भएको छ । चलचित्रमा विदेशी भूमिमा सुहाउँदो र अहिलेको युवा पुस्ताको ध्यान खिच्न सक्ने प्रेमकथालाई उत्कृष्ट रुपमा प्रस्तुत गरिएको छ , जसले दर्शकलाई चलचित्र दोहो¥याएर हेर्न बाध्य पार्ने निमार्ण पक्षले बताएको छ ।

Leave a Reply

%d bloggers like this: