Wed. May 8th, 2024

काठमाडौं । ४ बैशाख –  गत वर्षको मिस नेपालको ताज पहिरेकी निकिता चण्डकले फिल्ममा अभिनय गर्ने भएकी छिन्।
दुईमहिना अघि घोषणा गरीएको ‘रानीमहल’ नामक फिल्ममा उनले अभिनयका लागि आइतबार हस्ताक्षर गरेकी हुन् । फिल्ममा निकिताले अभिनयका लागि सम्झौता गरेको निर्माण कम्पनी स्वस्तिक फिल्मले जनाएको छ।
दुई महिनाअघि नै फ्लोरमा जाने तयारीमा रहेको फिल्मको पर्याप्त तयारी नपुगेपछि निर्माण टिमले सुटिङ रोकेको थियो । भनेको समयमा सुटिङमा नगएपछि वर्षा सिवाकोटी, प्रशान्त ताम्राकार र आशिष अधिकारीले फिल्म छाडेका थिए।
२ करोडको लगानीमा बन्न लागेको फिल्ममा अव वर्षाको स्थानमा निकिता र ताम्राकारले गर्ने भूमिकाका लागि अर्जुनजंग शाही फाइनल भएको निर्माण पक्षले जनाएको छ । फिल्मका केही दृश्य स्वदेशमा र केही विदेशमा समेत खिच्ने निर्माण टिमले बताएको छ।
नेपाली चलचित्र क्षेत्रमा अहिले १० लाख पारिश्रमिक निकै चर्चित छ ।  नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र ‘कायरा’मा १० लाख पारिश्रमिक लिएपछि यसले व्यापक चर्चा पायो । १० लाख पारिश्रमिक लिदै साम्राज्ञी सवैभन्दा महंगी नायिकासमेत बनिन् । यस्तै, चलचित्र ‘रामकहानी’मा हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ले पनि १० लाख पारिश्रमिक लिएपछि यसले हंगामा नै मच्चायो ।
चलचित्र ‘रानी महल’ मा अनुवन्धित भएकी सन् २०१७ कि मिस नेपाल ‘निकिता चण्डक’ले१० लाख पारिश्रमिक लिएको वुझिएको छ ।
निकिताका लागि यो पारिश्रमिकको बार्गेनिङ ‘मिस नेपाल’को आयोजक संस्था द हिडेन ट्रेजरले नै गरेको हो । जुन पारिश्रमिक दिन निर्माणपक्ष तयार भयो ।
वर्षा शिवाकोटी ब्याक भएपछि नायिका नपाएर फिटफिटी परेको यो चलचित्रको निर्माणपक्षलाई निकिताको आगमन सुखद त भयो, तर महंगो पनि परेको छ ।

Leave a Reply

%d bloggers like this: