Thu. Apr 25th, 2024
काठमाडाैं । ३ बैशाख – शाहरुख खान र सलमान खानबीच कहिले सम्बन्ध सुध्रिएको त कहिले विग्रिएका खबरहरु आइरहेका हुन्छन् । अहिले भने यी दुईको मित्रता उदाहरण दिन योग्य छ ।
यस्तैमा एक प्रश्न वर्षैदेखि सबैको दिमागमा आइरहेको छ, यी दुईमा नम्बर वान को हो ? कसको फ्यान फलोइंग सबैभन्दा धेरै छ ?
फिल्म र सोसल मिडियामा यी दुई सुपरस्टारमा को अगाडि छन् भन्ने कुरा आज हामी यो प्याकेजमा चर्चा गर्दैछौं ।
सलमान :  बक्सअफिसमा अगाडि  
फिल्मको कुरा गर्ने हो भने बक्सअफिसमा सलमान खानकै वर्चश्व छ । हरेक वर्ष उनको एक ब्लकबस्टर फिल्म आएकै हुन्छ । २०१० मा आएको ‘दबंग’ मा चुलबुल पाण्डेको भूमिका निर्वाहा गरेर उनले यो साबित गरेका थिए कि उनी बक्सअफिसका ‘किंग’ हुन् ।
२०११ मा आएको ‘रेडी’ र ‘बडिगार्ड’ पनि दर्शकलाई औधी मन पर्‍यो । २०१२ मा आएको फिल्म ‘एक था टाइगर’ उनका लागि माइलस्टोन साबित भयो । यस फिल्मले जर्बजस्त कलेक्सन गरेको थियो । सोही वर्ष ‘दबंग २’ पनि आयो । यो पनि सुपरहिट फिल्मको लिस्टमा सामेल भयो ।
वर्ष २०१३ उनका लागि खासै राम्रो रहेन तर २०१४ मा आएको फिल्म ‘किक’ ले बक्सअफिसमा धूम मच्चायो । फेरि २०१५ मा ‘बजरंगी भाईजान’, २०१६ मा ‘सुल्तान’ र २०१७ मा ‘टाइगर जिदा हे’ ले उनलाई सुपरस्टारको क्याटेगरीमा उभ्यायो । उनका फिल्मले भारतमा मात्र नभएर विश्वभर दमदार कलेक्सन गर्ने गरेका छन् ।
२०१३ पछि शाहरुख चम्किएनन्  
शाहरुखले २०१३ पछि कुनै सुपरहिट फिल्म दिएका छैनन् । २०१३ मा आएको ‘चेन्नई एक्सप्रेस’ लाई दर्शकले निकै रुचाए, तर यसपछि आएका ‘ह्याप्पी न्यू ईयर’, ‘दिलवाले’, ‘फ्यान’, ‘रईस’ र ‘जब ह्यारी मेट सेजल’ दर्शकको विश्वासमाथी  उत्रन सकेनन् ।
बक्सअफिसको नजिता हेर्ने हो भने शाहरुखभन्दा सलमान धेरै अगाडि निस्किसकेका छन् । अहिले सलमानलाई बक्सअफिसको ‘सुल्तान’ भन्ने गरिन्छ ।
सोसल मिडियामा पनि  सलमान नै अगाडि
सोसल मिडियामा फ्यान फलोइंगको कुरा गर्ने हो भने यहाँ पनि सलमान, शाहरुखभन्दा अगाडि निस्किएका छन् । फेसबुक, ट्विटर र इन्स्टाग्राममध्ये दुई प्लेटफर्ममा सलमानको फ्यान फलोइंग शाहरुखको भन्दा धेरै छ ।
फेसबुकमा सलमानलाई ३ करोडभन्दा बढी व्यक्तिले फलो गर्ने गर्दछन् । शाहरुखको फ्यान फलोइंग २ करोडको आसपास छ । यस्तै, सलमानलाई इन्स्टाग्राममा १.५५ करोडले फलो गरेका छन् भने  शाहरुखलाई इन्स्टाग्राममा १.२३ करोडले फलो गर्ने गर्दछन् ।
तर, ट्विटरमा भने सलमानभन्दा शाहरुख अगाडि छन् । यहाँ शाहरुखको फ्यान फलोइंग ३.४८ करोड छ । यस्तै, सलमानलाई ट्विटरमा ३.२८ करोडले फलो गरेका छन् ।

Leave a Reply

%d bloggers like this: