Tue. Apr 16th, 2024

काठमाडौं  ।  ३ बैशाख – फिल्म ‘‘ह्याप्पी डेज’को ट्रेलर सार्वजनिक गरेका छन् । आईतबार राजधानीमा एक कार्यक्रमको आयोजन गरी सार्वजनिक गरिएको हो ।
 
निर्देशक मिलन चाम्सद्धारा निर्देशित फिल्म ‘‘ह्याप्पी डेज’ मा कमेडी, प्रेम र केही द्धन्दका दृश्यहरु समेत समावेश छन् । लण्डन सिने आइ प्रोडक्सन र चाम्स ईन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्म ‘ह्याप्पी डेज’ मा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विकी जोशी लगायत कलाकारहरुको अभिनय रहेकाे  छ । बिपी ढकालको प्रस्तुतीमा बनेको फिल्मलाई बिपीको साथमा भवानी शर्मा, हिराल जोशी र निर्देशक चाम्स निर्माताको रुपमा छन् ।
 
यम थापाले कथा लेखेको चलचित्रमा सम्राट बस्नेतको द्वन्द , तारा प्रकाश लिम्बु र राजनराज शिवाकोटीको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ । राम कुमार केसीले खिचेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । बैशाख १४ गते प्रदर्शन हुने समय तोकिएको छ ।

Leave a Reply

%d bloggers like this: