Thu. Mar 28th, 2024
बहुप्रतिक्षीत फिल्म ‘लिलिबिली’ को बुकिङ खुल्ला गरिएको छ । शुक्रबारबाट रिलिज हुन लागेको फिल्मप्रति दर्शकको उत्साहपुर्ण क्रेजलाई मध्यनजर गर्दै मल्टिप्लेक्समा बुधवार दिउँसोबाटै बुकिङ ओपन गरिएको हो ।
फिल्मलाई क्युएफएक्स सिनेमाले मात्रै २५ शो दिएको छ । यस्तै, यसले बिग मुभिजमा ६ शो, सिने डि सेफमा ७ शो, विएसआर मुभिजमा ६ शो, एफक्यूबमा ६ शो, क्यूजमा ५ शो पाएको छ ।
सुरुवाती चरणको बुकिङ आक्रामक भएको खण्डमा फिल्मको शोमा थप वृद्धि हुने निर्माण पक्षको भनाई छ । ‘शत्रु गते’ र ‘बागी २’ को वर्चश्वका बीच पनि ‘लिलिबिली’ ले मल्टिप्लेक्मा राम्रो शोे पाएको छ ।
बुकिङ खुल्ला गरिएको केही घण्टामा नै मल्टिप्लेक्समा फिल्मको टिकट दर्शकले ‘रिजर्भ’ गर्न थालिसकेका छन् । मोफसल वितरणको जिम्मा लिएका मनोज राठीले फिल्म पूर्वदेखि पश्चिमसम्मका सबै हलहरुमा रिलिज हुने जानकारी दिए ।
प्राप्त जानकारी अनुसार, यो फिल्म काठमाडौं र मोफसल गरि ७५ बढी सिनेमा हलहरुमा प्रदर्शन हुँदैछ । युवा स्टार प्रदीप खड्काको क्रेज र फिल्मको हाइपका कारण ‘लिलिबिली’ को इनिसियल व्यापार आक्रामक हुने धेरैको अनुमान छ ।
खुल्ला गरिएको केही घण्टामै देखिएको सुखद बुकिङले गर्दा फिल्मको ओपनिङ कस्तो हुने भन्ने समेत चर्चा बढेको छ ।
मिलन चाम्स निर्देशित यस फिल्ममा प्रदीपका अलावा जसिता गुरुङ, प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्स लगायतका कलाकारको अभिनय छ ।
काफिया फिल्म्स्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘लिलिबिली’ मा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ ।
अर्जुन जिसीको सम्पादन, चन्द्र पन्तको एक्सन रहेको फिल्मका हरेक  दृश्य सुदिप बरालले खिचेका हुन् ।

Leave a Reply

%d bloggers like this: