Wed. May 8th, 2024

शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र लिलिबिली लगातार हाउसफुल भएको छ । काठमाडौं उपत्यकासहित देशभरका सबै चलचित्र हलमा एकैसाथ प्रदर्शनमा आएको लिलिबिली उत्साहपूर्ण कलेक्शन गरिरहेको निर्माता गोविन्द शाहीले जानकारी दिए ।
प्रदीप खड्का, जसिता गुरुङ, प्रियंका कार्की, सबिन श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रको मिलन चाम्सले निर्देशन गरेका हुन् । यसअघि प्रचारप्रसारका क्रममा निकै उत्साह बटुलेको सो चलचित्रले हलमा पनि दर्शकको उत्तिकै माया प्राप्त गरेको निर्माता शाहीले बताए ।
लिलिबिली चलचित्र लागेका सबैजसो हलमा पहिले नै टिकट प्याक भइरहेको उनले बताए ।
उक्त चलचित्रले यसअघि जापानमा र बेलायतमा प्रिमियर शो सम्पन्न गरेको छ ।
काठमाडाैंमा चलचित्र प्रदर्शन भइरहेका हलहरूमा नायक प्रदीप र नायिका जसिता गएपछि दर्शकाे उत्साह  निकै बढेकाे छ ।
 

Leave a Reply

%d bloggers like this: