Sat. Apr 27th, 2024
गएको वर्ष प्रदर्शनमा आएको सुपरहिट कमेडी फिल्म ‘जात्रा’ को सिक्वेल बन्ने पक्का भएको छ । सिक्वेलको नाम यसअघि ‘जात्रा २’ हुने चर्चा थियो ।
तर, मंगलवार निर्देशक प्रदीप भट्टराई र निर्माता र कलाकार रविन्द्र सिंह बानियाँबीच भएको सम्झौताबाट फिल्मको नाम ‘जात्रै जात्रा’ जुराइएको छ ।
फ्लोरमा जानु अगाडि नै यस फिल्मको प्रदर्शन मिति वर्ष २०७५ को फागुन १७ गतेलाई तय गरिएको छ । निर्देशक भट्टराईले फिल्मको निर्देशन गर्नेछन् भने कथा पनि उनकै रहनेछ ।
उनी निर्देशित नयाँ फिल्म ‘शत्रु गते’ ले यतिबेला नेपाली बक्सअफिसमा एकपछि अर्को रेकर्ड बनाउँदै गएको छ । असार अन्तिमबाट उक्त फिल्मको छायांकन सुरु हुने निर्देशक भट्टराईले जानकारी दिए ।
‘जात्रै जात्रा’ मा विपिन कार्की, वर्षा राउत, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा लगायतका पुरानै कलाकारहरु दोहोरिने छन् भने केही नयाँ कलाकारको पनि इन्ट्री हुनेछ ।
निर्देशक प्रदीप भन्छन्, ‘जात्रा’ जहाँबाट अन्त्य भएको थियो ‘जात्रै जात्रा’ त्यहीबाट सुरु हुन्छ । तर, कथा भने नयाँ हुनेछ ।’ अहिले उक्त फिल्मको स्क्रिप्ट फाइनल गर्ने तयारी भइरहेको छ ।
पछिल्लो समय सफल फिल्मका सिक्वेल निर्माण गर्ने होड नेपाली फिल्म क्षेत्रमा राम्रै मौलाएको छ । तर, अधिकांश सिक्वेलले दर्शककाे माया  भने पाउन सकेका छैनन् । मात्र सफल फिल्मको ब्राण्ड बेचेर दर्शकलाई लोभ्याउने गरिएको छ ।
 ‘जात्रै जात्रा’ ले  त्यस्ताे नगर्ने र सिक्वेल फ्लपहुने परम्परालार्इ ताेड्नेमा फिल्म निमार्णपक्ष सकारात्मक देखिएकाे छ  ।

Leave a Reply

%d bloggers like this: