Thu. Mar 28th, 2024

चलचित्र लिलीबिली यसै हप्ताको शुक्रबार देशव्यापीरुपमा रिलिज हुँदैछ । उक्त चलचित्रले अहिले प्रमोशनल कार्यक्रम गरिरहेको छ ।
केही दिनअघि मोफसलमा प्रचार प्रसार कार्यक्रम सकेर जापानमा रेड कार्पेट प्रिमियर शोसमेत गरिसकेको चलचित्र टीम अहिले काठमाडौंमा जमेर प्रचारप्रसारमा जुटेको छ ।
यो अवसरमा निकै उत्साह बोकेको चलचित्रले गज्जबको प्रतिक्रिया पाएको छ । उपत्यकाका विभिन्न ठाउँमा भइरहेको प्रमोशनल कार्यक्रममा नायक प्रदीप खड्का, नायिका जसिता गुरुङलगायत अन्य कलाकारहरु पनि सहभागी भएका छन् भने चलचित्र भन्दा बाहिरका कलाकारहरु पनि उपस्थित भएर दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए ।
मिलन चाम्स निर्देशित लिलिबिली चलचित्रमा नायक प्रदीप, नायिका जसिता, प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ। फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ।
चलचित्रबारे नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले के भने ? यहाँ हेर्नुहाेस्

Leave a Reply

%d bloggers like this: