Tue. Apr 23rd, 2024

नेपाल चलचित्र कलाकार संघको तर्फबाट आयोजित दोश्रो ‘फान अवार्ड २०७३’मा दीपाश्री निरौलाद्वारा निर्देशित ‘छक्का पञ्जा’ले उत्कृष्ट फिल्मको अवार्ड जितेको छ । निर्देशक दीपाश्री निरौलाले साे अवार्ड थापिन् । प्रदिप भट्टराईले ‘जात्रा’ फिल्मबाट उत्कृष्ट कथाको अवार्ड जिते ।
 
अभिनय तर्फ उत्कृष्ट अभिनेताको अवार्ड ‘जात्रा’बाटै विपिन कार्कीले जितेका छन् भने ‘डाइङ क्याण्डल’बाट सृजना सुब्बाले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छिन् । उत्कृष्ट निर्देशकको अवार्ड भने ‘गाजलु’ फिल्मबाट हेमराज बिसीले जितेका छन् । ‘ब्रेकअप’ काे छायांकनमा व्यस्त बिसी कार्यक्रममा भने उपस्थित रहेनन् ।
 
यस्तै उत्कृष्ट सम्पादन तर्फ ‘जात्रा’बाटै मित्र डि गुरुङले अवार्ड जित्दा नव निर्देशकको अवार्ड दीपाश्री निरौलाले ‘छक्का पञ्जा’बाट जितिन् । छायांकनमा उत्कृष्टकाे अवार्ड ‘डाइङ क्याण्डल’बाट रविन आचार्यले  जिते । यस्तै द्वन्द्व निर्देशनमा ‘जय परशुराम’बाट एनबी महर्जनले अवार्ड आफ्नो पक्षमा पार्दा उत्कृष्ट गायकमा ‘जैले रिसाउनी’ बोलको गीतबाट ‘पुरानो डुङ्गा’ फिल्मको लागी कालिप्रसाद बाँस्कोटाले अवार्ड जितेका छन् ।
 
संगीतकारमा  ‘छक्का पञ्जा’बाट राजनराज शिवाकोटी उत्कृष्ट घोषित हुँदा गायिकामा ‘ठमेल बजार’ बाट मीना निरौला उत्कृष्ट बनिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा उद्घाटित कार्यक्रममा केहि दिग्गज कलाकर्मीहरूको उपस्थिती रहे पनि अन्य फिल्म सम्वद्ध समारोहमा जत्तिको कलाकारको उपस्थिती कम देखिन्थ्यो । विभिन्न २४ विधामा अवार्ड वितरण गरिएको थियो ।
 
‘फान अवार्ड २०७३’ मा विजेताहरुः
उत्कृष्ट कथाः जात्रा
उत्कृष्ट पटकथाः दीपकराज गिरी, छक्का पञ्जा
उत्कृष्ट फिल्मः छक्का पञ्जा
उत्कृष्टः निर्देशकः हेमराज बिसी, गाजलु
उत्कृष्टः अभिनेताः विपिन कार्की, जात्रा
उत्कृष्ट अभिनेत्रीः सृजना सुब्बा, डाइङ क्याण्डल
उत्कृष्ट नव निर्देशकः दीपाश्री निरौला, छक्का पञ्जा
उत्कृष्ट नव नायकः आर्यन अधिकारी, के म तिम्रो होइन र
उत्कृष्ट नव अभिनेत्रीः सृष्टि श्रेष्ठ, गाजलु
उत्कृष्ट सह अभिनेताः जितु नेपाल
उत्कृष्ट सह अभिनेत्रीः मेनुका प्रधान
उत्कृष्ट चरित्र अभिनेताः सन्तोष पन्त, किस्मत २
उत्कृष्ट चरित्र अभिनेत्रीः गौरी मल्ल, के म तिम्रो होइन र
उत्कृष्ट हाँस्य कलाकारः केदार घिमिरे, छक्का पञ्जा
उत्कृष्ट खलपात्रः दीपकराज गिरी, छक्का पञ्जा
उत्कृष्ट संवादः दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल – छक्का पञ्जा
उत्कृष्ट द्वन्द्व निर्देशकः एनबी महर्जन, जय परशुराम
उत्कृष्ट सम्पादनः मित्र डी गुरुङ, जात्रा
उत्कृष्ट छायांकनः रविन आचार्य, डाइङ क्याण्डल
उत्कृष्ट गीतकारः डा. कृष्णहरी बराल, शब्द
उत्कृष्ट गायकः कालिप्रसाद बाँस्कोटा, पुरानो डुङ्गा
उत्कृष्ट गायिकाः मीना निरौला, लुट २
उत्कृष्ट संगीतकारः राजनराज शिवाकोटी, छक्का पञ्जा
उत्कृष्ट नृत्य निर्देशकः कविराज गहतराज, छक्क पञ्जा

Leave a Reply

%d bloggers like this: