Fri. Apr 26th, 2024

यही चैत ३० गते अल नेपाल रिलिजको तयारीमा रहेको बहुप्रतिक्षीत चलचित्र लिलिबिलीले जापानमा रेड कार्पेट प्रिमियर गर्ने भएको छ । त्यसका लागि निर्माता गोविन्द शाही जापान पुगिसकेका छन् ।
त्यस्तै चलचित्रका नायक प्रदीप खड्का र नायिका जसिता गुरुङ पनि जापान जाँदैछन् । उक्त चलचित्रको रेड कार्पेट प्रिमियर जापानको नाकानो जिरोमा मार्च १ मा हुने निर्माता शाहीले जानकारी दिए ।
केही दिनअघि मात्रै चलचित्रको टिमले देशब्यापी प्रमोशनको कार्यक्रम गरेको थियो । प्रमोशनमा निकै उत्साह पाएको चलचित्रले जापानमा रेड कार्पेट प्रिमियर गर्न लागेको हो ।
चलचित्रमा प्रदीप र जसिताका साथै प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धुर्व दत्त, रितेश चाम्स लगायतका कलाकारको अभिनय छ ।
काफिया फिल्म्स, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । फिल्ममा अर्जुन जिसीको सम्पादन, चन्द्र पन्तको एक्सन र सुदिप बरालको छायांकन छ ।

Leave a Reply

%d bloggers like this: