Tue. Apr 16th, 2024

रचनाकार डिल्ली चन्दको ‘अंशु’ एल्बममा समाबेश मुना चन्दको प्रस्तुति रहेको नयाँ गीत ‘भुल भए माफ गर’ सार्बजनिक भएको छ । यस गीतमा चर्चित गायिका अन्जु पन्तको स्वर रहेको छ ।
डिल्ली चन्दको शब्द रचनामा रहेको यस गीतलाई अर्जुन पोखरेलले संगीत भरेका हुन् भने संगीत संयोजन पनि अर्जुनकै रहेको छ । गीतलाई साजन शाहले मिक्सिङ्ग र मास्टरिङ्ग गरेका हुन् ।
यस्तै यो गीतको म्युजिक भिडियो पनि निर्माण भाको छ ।
भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् । अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्ट द्वारा बजार ब्यबस्थापन गरिएको भिडियोको प्रस्तुतकर्ता मुना चन्द रहेकी छिन ।
त्रिकोणात्मक कथामा तयार पारिएको यस भिडियोमा उत्सव दाहालको छायांकन, निशान घिमिरेको सम्पादन रहेको छ भने रवि सिंह र जुना सुन्दास र सुमी घिमिरेको अभिनय रहेको छ ।

Leave a Reply

%d bloggers like this: