Fri. Mar 29th, 2024

आँचल शर्मा र आकाश श्रेष्ठको महत्वाकांक्षी प्रोजेक्टका रुपमा लिइएको फिल्म ‘ब्ल्याक’को फर्स्टलुक सार्वजनिक भएको छ । आश्मा फिल्मस् प्रालीले आगामी जेठ ११ लाई आधिकारिक प्रदर्शन मिति तय गर्दै सोमबार चारवटा पोस्टर एकै साथ रिलिज गरेको हो । सार्वजनिक गरिएका पोस्टरहरुमा आँचल र आकाशलाई प्रेमालाप गरेको देख्न सकिन्छ ।
आश्मा पाण्डेले निर्माण गरेको फिल्मको पोस्टर रिलिजसँगै औपचारिक रुपमा प्रचार प्रसारको थालनी गरिएको छ । प्रदीप श्रेष्ठको निर्देशन रहेको एक्सन लभस्टोरी जनराको फिल्म मौनता श्रेष्ठले लेखेका हुन् ।
फिल्म ‘ब्ल्याक’मा महेश खड्का र प्रतिक पौडेलको संगीत छ । रामजी लामिछानेको कोरियोग्राफी समावेश हुँदा सम्पादन अर्जुन जिसीको छ । फिल्मलाई राजधानीमा गोविन्द शाहीले वितरणको जिम्मा लिएका छन् भने मोफसलमा मनोज राठी र उज्जल पौडेलले वितरण गर्नेछन् । फिल्मका कार्यकारी निर्माता चेतनकुमार पाण्डे हुन् ।

Leave a Reply

%d bloggers like this: