Fri. Apr 26th, 2024

राजेश शाहिको लगानीमा निर्माण भएको चलचित्र पन्चेबाजा  देशव्यापि रुपमा प्रदर्शनमा आएको छ ।  काठमाण्डौ बसेर रंगपत्रकारिता गरिरहेका पत्रकारहरुलाई समेटिएको चलचित्र हेरेर निस्केका सबैले पन्चेबाजाको तारिफ गरेका छन् । पछिल्लो समयमा पब्लिसिटी मात्र हुने चलचित्र भने राम्रो नहुने गरेको बेला पन्चेबाजा नपत्याउदो चलचित्र बनेको प्रतिक्रिया आएको छ ।
चलचित्र अग्निदहन निर्देशन गरेर दर्शकको मनमा बसेका घनश्याम लामिछानेलाई यो चलचित्रले पनि राम्रो जस दिएको छ । त्यस्तै  कथाकार प्रदिप भारद्वाजको कथा पनि निकै राम्रो छ । पन्चेबाजाले प्रदिपलाई पनि राम्रो जस दिनेछ । सौगात मल्लको एकै किसीमको अभिनयबाट वाक्क भएकाहरुलाई पनि यो चलचित्र केही फरक लाग्न सक्छ त्यस्तै कर्माको फ्यानहरुलाई पनि न्याए हुनेछ । जस्मिन श्रेष्ठले पनि जस पाउने काम गरेकी छिन् ।पन्चेबाजा समग्रमा राम्रो चलचित्र रहेको दर्शकहरुको भनाइ छ।

Leave a Reply

%d bloggers like this: