Fri. Apr 19th, 2024

आगामी फागुन ११ गतेदेखि देशभर एकैपटक प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘पञ्चेबाजा’ को ट्रेलर सार्वजनिक भएको छ ।
सौगात मल्ल, कर्मा शाक्य, बुद्धि तामाङ लगायतका कलाकारहरु अभिनित फिल्मको ट्रेलर युटुबमा खुबै रुचाइएको छ । फिल्ममा जस्मिन श्रेष्ठ, श्रृजना सुब्बा लगायत कलाकारहरुसमेत रहेका छन् ।
घनश्याम लामिछानेको निर्देशन तथा राजेश शाहीको निर्माण रहेको पञ्चेबाजा फिल्ममा मौलिक कथा रहेको बताइएको छ । निर्माता शाहीले दर्शकको भावना बुझ्ने कथामा लगानी गरेको भन्दै फिल्मले मन जित्ने विश्वास व्यक्त गरे ।
प्रदिप भारद्वाजको कथा रहेको फिल्ममा कालिप्रसाद बाँस्कोटा र विकास चौधरीको संगित रहेको छ । फिल्मको गीत यसअघि नै सार्वजनिक भइसकेको थियो ।

Leave a Reply

%d bloggers like this: