Thu. Apr 25th, 2024
 टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुपमा निर्माण गरेको  फिल्म ‘मिस्टर झोले’ले आशातित व्यापार गरेको छ । फिल्म हेर्ने दर्शकको संख्या एकदमै सुखद रहेको छ । प्रदर्शनको तेस्रो साता सम्म् आईपुग्दा पनि दर्शकको चाप बढिरहेको छ ।मल्टिप्लेक्स र सिंगल दुवै स्क्रिनमा फिल्मले  आफ्नो स्थान यथावतै राखेको छ।  टिपिकल गाउँले स्वाद पस्किएको फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । फिल्मको कथा पनि उनकै हो । रौनक बिक्रम कँडेल कार्यकारी निर्माता रहेको यो फिल्मलाई शैलेन्द्र डी. कार्कीले छायांकन गरेका हुन् ।  यो फिल्ममा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Leave a Reply

%d bloggers like this: