Thu. Apr 25th, 2024

अभिनेत्री स्वेता खड्काले निर्माण गरेको फिल्म ‘कान्छी’ को ट्रेलर रिलिज भएको छ । फागुन ४ गते देशव्यापीरुपमा प्रदर्शनमा आउन लागेको सो फिल्मका गीतहरु यसअघि नै रिलिज भइसकेका थिए ।
स्वेता र दयाहाङ राईको रोमान्स रहेको फिल्मको ३ मिनेटको ट्रेलर रिलिज गरिएको छ । जसमा दयाहाङ, श्वेतासँगै अशान्त शर्मा, अनु शाह, कामेश्वर चौरासिय, निर शाहलगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।
यसअघि निक्कै रुचाइएको फिल्म ‘कोहिनुर’को सफलतापछि सोही काया ब्यनरबाट ‘कान्छी’ निर्माण भएको हो ।
निर्देशन आकाश अधिकारीको निर्देशनमा तयार भएको फिल्मलाई हाँस्यरस युक्त बनाइएको हो की भन्ने अनुमान ट्रेलरबाट लगाउन सकिन्छ ।

Leave a Reply

%d bloggers like this: