Fri. Apr 26th, 2024
 फिल्म ‘कोहलपुर एक्सप्रेस’को पहिलो गीत रिलिज भएको छ । सरस्वती पुजाको अवसर पारेर सार्वजनिक गरिएको ‘सि-ओे-डब्लु काउ…’ बोलको गीतमा राजनराज सिवाकोटीको रचना, संगीत र स्वर रहेको छ । गायनमा राजनराजलाई गायिका मेलिना राईले साथ दिएकी छिन् । राजनराजले यो गीतमा नयाँ टेस्ट दिने प्रयास गरेका छन् । लोक, पप र आधुनिक फ्लेवर मिश्रण गीतको भिडियोमा नायिका द्वय केकी अधिकारी र रीमा विश्वकर्मासँगै कलाकार द्वय विनोद न्यौपाने र गम्भीर विष्ट फिचरिङ छन् ।
 केकी अधिकारी, ऋचा शर्मा, प्रियंका कार्की, विनोद न्यौपाने, बुद्धि तामाङ, रबिन्द्र झा, सुजन कार्की, कुसाग्र भट्टराई लगायतको ‘कोहलपुर एक्सप्रेस’मा अभिनय रहेको छ । फिल्मलाई बिशाल भण्डारीले निर्देशन गरेका हुन् । भण्डारीले यही फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन् ।
https://www.youtube.com/watch?v=uF9XJU8Py58

Leave a Reply

%d bloggers like this: