Fri. Mar 29th, 2024
 फिल्म ‘ह्याप्पी न्यु ईयर’को पहिलो गीत रिलिज भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच फिल्ममा समावेश ‘ह्याप्पी न्यु ईयर’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा फिल्मका नायक कुशल थापा र सन्ध्या केसी फिचरिङ छन् । विनोद ढकालको शब्द तथा संगीतमा तयार भएको गीतमा नवराज बस्नेतले स्वर सुन्न सकिन्छ । देवकुमार श्रेष्ठ निर्देशित यो फिल्मको अधिकांश छायांकन अष्ट्रेलियामा गरिएको हो ।
फिल्मलाई नायक कुशलकी श्रीमति रती थापाले निर्माण गरेकी हुन् । गीत सार्वजनिक कार्यक्रममा बोल्दै नायक थापाले ‘ह्याप्पी न्यु ईयर’लाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखेको बताए । यस्तै, नायिका सन्ध्या केसीले ‘ह्याप्पी न्यू ईयर’को कथावस्तु उत्कृष्ट रहेको बताइन् ।
लभस्टोरी कथामा निर्मित यो फिल्ममा कुशल थापा, पुकार गौतम, सन्ध्या केसी, इश्वर थापा, पदम शाक्य लगायतका कलाकारको अभिनय छ । फिल्ममा अस्ट्रेलियन छायाँकार बेन्जामिन ड्रेको छायांकन, विनोद ढकाल र टंक बुढाथोकीको संगीत र कुशल थापाको कथा छ । फिल्म ‘ह्याप्पी न्यु ईयर’पुष १४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ ।
भिडियो हेर्नुहोस् :-
https://www.youtube.com/watch?v=8llN06TSWm8

Leave a Reply

%d bloggers like this: