Sat. Dec 9th, 2023

बलिउडका चर्चित गायक तथा संगीतकार हिमेश रेशमियाले शनिबार राजधानीमा नेपाल र नेपालीलाई नमन गर्दै  झन्डै २ घण्टा सांगीतिक प्रस्तुती दिएका छन् । उनले शनिबार बेलुका वर्ल्ड ट्रेड सेन्टरको ’कर्मा बार’ मा आफ्नो प्रस्तुति दिएका हुन् । रातको करिव ११ बजे कार्यक्रम स्थल ’कर्मा बार’ मा पुगेका हिमेश रेशमियाले उपस्थित युवायुवतीलाई आफ्नो गीतहरुले मज्जाले झुमाए ।हिमेशको कन्सर्टमा सहभागी हुन अभिनेत्री सृष्टी श्रेष्ठ ,सुष्मा कार्की, अनिता आचार्य लगायतका सेलिब्रेटी समेत पुगेका थिए । नेपाल र नेपालीलाई सम्मान ब्यक्त गर्दै हिमेश लगातार २ घण्टा दर्शक संगै झुमे ।

Leave a Reply

%d bloggers like this: