Sat. Apr 20th, 2024

निर्माता चिज कुमार श्रेष्ठ हाल नेपाल आएका छन् २७ बर्ष देखि बेल्जियममा बसोबास गर्दै आएका श्रेष्ठ चितवन रामपुरका स्थानिय बासिन्दा पनि हुन् लप्पन छप्पन ,नमस्ते नेपाल जस्ता फिल्ममा सहयोगीको भूमिका निर्बाह गरेका श्रेष्ठले हाल फिल्म “जोजो ” निर्माण को तयारीमा रहेका छन् l ९० प्रतिशत शुटिंग युरोपमा हुने उक्त फिल्मलाइ हलिउड जनरामा ढाल्न खोजिएको बताए l १० प्रतिशत सुटिंग भने नेपाल मै हुने भएको छ l फिल्म जोजो मा सौगात मल्ल ,अर्पण थापा, देभु श्रेष्ठ ,सिर्जना सिन्हा,फजिल अहम्मद  लगायत अन्य कलाकार को भूमिका रहने छ भने फिल्म को निर्देशन मुकुन्द भट्टले गर्नेछन्  l युमी  प्रोडक्सन र एम बि प्रोडक्सनको  सयुक्त लगानीमा  निर्माण हुन लागेको सो फिल्म  ५ करोड बजेटमा तयार हुने भएको छ l यो  अहिले सम्म कै नेपालको सबैभन्दा ठुलो बजेटको फिल्म हो  l फिल्म जोजो को सम्पूर्ण जिम्मा पोल्याण्ड फिल्म इन्डसट्री ले लिएको छ l फिल्म जोजो को सुटिंग पोल्याण्ड ,बेल्जियम ,फ्रान्स ,स्विजरल्यानड र नेपालमा हुने छ l सुटिंगको थालनी डिसेम्बर बाट हुने बताइएको छ l
निर्माता चिज कुमार श्रेष्ठ व्यापारी पनि हुन् उनले बेल्जियममा थुप्रै ब्यापारमा आफ्नो संग्लाग्नता कायम गरेका छन् l हाल हुन गैरहेको एन आर एन को चुनाबमा सह संयोजकको पदमा उम्मेद्वारी दिएकाले उक्त चुनाबमा सहभागी जनौना नेपाल आयका हुन् l काठमान्डूको ह्यात होटेलमा यहि आउदो १६ अक्टोबर मा एन आर एन को चुनाब सम्पन्न हुन गैरहेको छ l

Leave a Reply

%d bloggers like this: