Thu. Apr 25th, 2024
‘ए मेरो हजुर २’ बाट निर्देशनमा डेब्यू गरेकी नायिका झरना थापा अहिले नयाँ फिल्मको तयारीमा जुटेकी छिन् । निर्देशनमा हात हालेको पहिलो फिल्म नै सुपरहिट भएपछि झरना नयाँ फिल्म निर्देशन गर्न तम्सिएकी हुन् । झरनाका अनुसार, अहिले उनी दुई फिल्मको काममा व्यस्त छिन् । एक फिल्मको स्क्रिप्ट तयार भैसकेको छ भने अर्को फिल्मको कथा लेखन सुरु भएको छैन ।
उनी अहिले ‘भागवत गीत’ र ‘ए मेरो हजुर ३’ मध्ये कुन फिल्म पहिला निर्माण गर्ने भन्ने दोधारमा देखिएकी छिन् । फिल्म ‘भगवत गीत’को स्क्रिप्टको काम भने सकिएको फिल्मीखबर डटकमसँगको कुराकानीको क्रममा झरनाले बताइन् । उनले भनिन्, ‘म आफै अहिले दोधारमा छु कुन फिल्म पहिला बनाउने भन्ने कुरामा । ‘भागवत गीत’ लभस्टोरी फिल्म हो । भागवत केटा र गीत केटीको प्रेमकथामा ‘भागवत गीत’ बन्नेछ । अहिले दर्शकहरुबाट पहिला ‘ए मेरो हजुर ३’ लिएर आउनु पर्छ भन्ने सल्लाह पाएको छु ।’
उनले यसै वर्षदेखि दुई मध्ये एक फिल्मको काम सुरु गर्ने बताइन् । उनले भनिन्, ‘भागवत गीतको स्क्रिप्ट ‘ए मेरो हजुर २’ का लेखक हरिहर अधिकारीले नै लेख्नुभएको हो । मेरो सोच चाहिँ ‘ए मेरो हजुर ३’ भन्दा अगाडि ‘भागवत गीत’ गर्ने थियो । तर, सबैले पहिला ‘ए मेरो हजुर ३’ ल्याउनु पर्छ भन्नुभएको छ । अझै ७ महिना जति समय लाग्छ कुन फिल्म अगाडि गर्ने भन्ने कुराको छिनोफानो हुन ।’ उनले दुवै फिल्म आफ्नै निर्देशन र एसके थापा प्रोडक्शनबाट निर्माण हुने जानकारी दिइन् ।

Leave a Reply

%d bloggers like this: