Fri. Apr 19th, 2024

बितेको केहि सातादेखी दुई नेपाली चलचित्रहरु सिनेमा हल र टेलिभिजन सेवा प्रदायक कम्पनी डिसहोममा एकैसाथ प्रदर्शन भईरहेको छ । ‘घूम २’ र ‘मेरो पैसा खोई’ रिलिज गरिसकेको डिसहोमले अब रेखा थापाको चलचित्र ‘रुद्रप्रिया’ पनि प्रदर्शन गर्ने तयारीमा छ । डिसहोमले हलसँगै कार्तिक २ गते नै चलचित्र डिसहोममा प्रसारण हुने भनी प्रचारप्रसार गरिरहेको छ ।

टेलिभिजन सेवा प्रदायक कम्पनी डिसहोमले चलचित्र प्रसारण गर्न थालिसकेपछि चलचित्र संघले यसको बिरोध गरेको छ । प्रदिपकुमार उदयको अध्यक्षतामा बसेको चलचित्र संघको बैठकले हलमा प्रदर्शन भएको तीनसातापछि मात्र चलचित्रलाई डिसहोममा प्रसारण गर्नुपर्ने माग गरेका छन् । टेलिभिजन सेवा प्रदायक कम्पनी डिसहोमले चलचित्रका निर्माताहरुसँग चलचित्र गतिलो मुल्य तिरेर किनेका हुन्छन् । अब चलचित्र कलाकार संघको कुरा, डिसहोमले मान्ला वा नमाल्ला ? त्यो भने हेर्न बाँकी नै छ ।

Leave a Reply

%d bloggers like this: