Sat. Apr 20th, 2024

फिल्म ‘ब्रेकअप’ मा  अभिनेता आशिरमान देशराज जोशी र  अभिनेत्री शिल्पा मास्के लिड रोलमा  देखिने  भएका छन्। शिल्पा मास्केलाइ निर्माता  रोहित अधिकारीले  भर्खरै नयाँ अभिनेत्री फाइनल गरेका हुन्  । यो फिल्ममा अभिनेता आशिरमान देशराज जोशीले काम गर्ने पहिले नै पक्का भैसकेको थियो  । आशिरमानले यो फिल्मका लागि १५ लाख पारिश्रमिक लिएपछि चर्चा भएको थियो ।फिल्म ‘गाजलु’ हिट भएपछि रोहित र निर्देशक हेमराज वीसीले नयाँ फिल्म ‘ब्रेकअप’ बनाउन लागेका हुन् । कथावस्तु राम्रो भएकाले पनि आफूले फिल्ममा लगानी गर्न लागेको रोहित बताउँछन् । अब, यो फिल्मका लागि अभिनेत्री शिल्पा मास्केलाइ फाइनल गरिएको छ ।एक हलिउड फिल्ममा समेत काम गरिसकेकी शिल्पासँग राम्रै पारिश्रमिकमा आफूहरुले संझौता गरेको रोहितले बताए ।‘शिल्पा र आशिरमानको जोडी अब फिल्म ‘ब्रेकअप’मा देखिनेछ ।
 

Leave a Reply

%d bloggers like this: