Tue. Apr 23rd, 2024

बर्षकै बहुप्रतिक्षित चलचित्र “ए मेरो हजुर २” ले सम्पूर्ण कलाकार टिमलाइ लिएर देश दौडाहामा निक्लेको छ ।बुधबार  हेटौडामा पत्रकार सम्मेलन गरी फिल्मको चर्चा परिचर्चा गरियो । फिल्मको रिलिज डेट नजिकिदै गर्दा निर्माण पक्षले फिल्मको  प्रचार प्रसारलाइ तिब्र गतिमा अगाडी बढाएको छ ।त्यस्तै गरि सेलिब्रटि म्यानेजमेन्ट र क्लासिक ईभेंटको सहकार्यमा शनिवार काठमाडौँको टुडीखेलमा सम्पन्न   ‘वान डे ट्यालेन्ट हन्ट’ को ग्रान्ड  फिनालेमा पनि ए मेरो हजुर २ को युनिटले प्रोमोशन गर्न भ्याएको  छ ।कलाकार सलिनमान बनिया, सलोन बस्नेत र अनुभव रेग्मीका साथमा फिल्मकि निर्देशक झरना थापाको पनि कार्यक्रममा उपस्थिति रहेको थियो। सुहाना  इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन् । फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाको हो । फिल्मलाई सन्जय लामाले खिचेका हुन् । यस फिल्मको वितरण पक्ष भने काफिया फिल्म्स प्रा.लि.का सी.इ.ओ.-गोबिन्द शाहीको जिम्मामा रहेको  छ  ।भाद्र  १६ गतेबाट अल नेपाल प्रर्दशन हुने फिल्मको प्रमोशन फिल्म युनिटले धमाधम गरिरहेको छ ।

Leave a Reply

%d bloggers like this: