Sat. Apr 27th, 2024

कलाकार बिरोज शाहीले नेपाली चलचित्र क्षेत्रमा पाइला टेकेका छन् l सानै उमेरमा अभिनय ,नृत्य र मार्शल आर्टमा रुचि राख्ने बिरोजको सपना धेरै बर्ष पछि साकार भएको छ l चलचित्र “बबी ” बाट आफ्नो फिल्मी करियर शुरु गरेका विरोजले यो भन्दा अगाडी थुप्रै म्युजिक भिडियो गरिसकेका छन् फिल्म वविमा सानै भूमिकामा अभिनय गर्ने अवसर पाए पनि तेस्लाई राम्रो संग निभाएको बताउछन l गायक राम कृष्ण ढकालका गितहरुमा अभिनय निभाइसकेका एक्टर विरोज शाही अहिले सुटिंगको क्रममा काठमान्डूमा छन् l स्थायी घर नेपालमा भए पनि उनि बेल्जियममा बस्दै आएका छन् l एक्टर विरोजले हलिउडका म्युजिक रिदम मा पर्फर्मेन्स गरिसकेका छन् भने बेल्जियममा साल्सा क्लास पनि गर्ने गरेका छन् l युरोपको इन्टरनेशनल आर्ट्स फोरमका सचिव समेत रहेका उनले सन् २०१६ मा सम्पन्न IAF DAY कार्यक्रमका क-अर्डिनेटरको रुपमा रहेर स्वर्गीय गायक खेम राज गुरुङ को युरोप कन्सर्ट को व्यवस्थापन गरेका थिए l
जुम्लाको GSD उच्च मा वि बाट SLC सके लगतै आफ्नो लक्ष्य प्राप्तिको लागी जन्मभूमि छाडेका थिए l नेपालि चलचित्रलाइ असाध्यै माया गर्ने कलाकार विरोज भविष्यमा आफ्नो कला खुवीले नेपालि चलचित्र क्षेत्र जम्ने पूर्ण तयारीमा रहेका छन् l

Leave a Reply

%d bloggers like this: