Fri. Apr 26th, 2024

आर्मी अफिसर्स क्लब भद्रकालीमा सोमबार आयोजित कार्यक्रमको विषेश आकर्षकको रुपमा ५१ वर्षअघि नीजि क्षेत्रबाट निर्मित पहिलो नेपाली चलचित्र माइतीघरलाई स्मरण गर्दै आयोजित यो वर्षको एवार्डमा उक्त चलचित्रका अभिनेता  सिपी लोहनी तथा अभिनेत्री माला सिन्हालाई विशेष सम्मान गरिएको थियो । लोहनी तथा सिन्हालाई उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मान गरेका थिए । त्यस्तै उक्त चलचित्रका गीतका गायक प्रेमध्वज प्रधान, गीतकारद्वय किरण खरेल र यादव खरेलसहितका व्यक्तित्वलाई समेत सम्मान गरिएको थियो ।
रजतपटको प्रतिष्ठित “एलजी सिने सर्कल एवार्ड–२०७४”मा गत वर्षको सफल चलचित्र ‘जात्रा’ उत्कृष्ट रुपमा दरिएको छ । उक्त चलचित्रले उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता , उत्कृष्ट अभिनेत्री , उत्कृष्ट पटकथा गरी सर्वाधिक पाँच विधामा एवार्ड जिती आफ्नो वर्चस्व कायम गर्‍यो ।
विभिन्न उच्च पदस्थ व्यक्तित्व फिल्मीकर्मी,वीभिन नियोगका प्रतिनिधि,कलाकार,संचारकर्मीको वाक्लो उपस्थीती रहेको समारोहमा तीन दशकदेखि नेपाली चलचित्रमा द्वन्द निर्देशन गर्दै आएका द्वन्द्व निर्देशक एनबि महर्जनलाई नगद ५१ हजार रुपैयाँ राशीको लाइफ टाइम एचिभ्मेन्ट एवार्डद्वारा सम्मान गरियो ।
यस्तो छ एवार्ड विजेताको सुची
उत्कृष्ट चलचित्र : जात्रा
उत्कृष्ट निर्देशक : प्रदिप भट्टराई (जात्रा)
उत्कृष्ट नायक : विपिन कार्की (जात्रा)
उत्कृष्ट नायिका : वर्षा राउत (जात्रा)
उत्कृष्ट संगीतकार: कालिप्रसाद बाास्कोटा (निर जहिले रिसाउने, पुरानो डुंगा)
उत्कृष्ट जोडी : माओत्से गुरुङ र मेनुका प्रधान(पुरानो डुंगा)
उत्कृष्ट कोरियोग्राफर : कविराज गहतराज(छक्का पन्जा)
उत्कृष्ट एक्सन संयोजक : हिमाल केसी(के म तिम्रो होइन र)
उत्कृष्ट पाश्र्व गायिका : मिना निरौला(ठमेल बजार, लुट २)
उत्कृष्ट पाश्र्व गायक : यूवराज चौलागाईँ (तिमी साथमा, चलचित्र : पलाास)
उत्कृष्ट पटकथा: प्रदिप भट्टराई (जात्रा)
उत्कृष्ट ध्वनी मिश्रण: शैलेस श्रेष्ठ (गाजलु)
उत्कृष्ट सम्पादक : अर्जुन जीसी (विर विक्रम)
उत्कृष्ट पपुलर अभिनेत्री : प्रियंका कार्की(छक्का पन्जा)
उत्कृष्ट पपुलर अभिनेता : दीपकराज गिरी(छक्का पन्जा)
उत्कृष्ट कमेन्डेबल मुभि अफ द इयर : विजुली मेसिन (नविन अवाल)
उत्कृष्ट हाइएस्ट ग्रसर फिल्म डिरेक्टर अफ द इयर : दीपाश्री निरौला (छक्का पन्जा)
उत्कृष्ट भीएफएक्स अफ द इयर : सत्यम राना र सुदिप आचार्य (जय पर्शुराम)
उत्कृष्ट पपुलर सङ अफ द इयर : कालिप्रसाद बास्कोटा (ठमेल बजार: लुट–२)
उत्कृष्ट स्टन्ट अफ द इयर: राजु तामाङ (जय पर्शुराम)
उत्कष्ट ट्रेलर अफ द इयर : सुरेन्द्र पौडेल (लुट–२)
उत्कृष्ट पोष्टर अफ द इयर : सुन्दर श्रेष्ठ (छक्का पन्जा)
लाइफ टाइम एचिभ्मेन्ट एवार्ड : एनबि महर्जन
 
विभिन्न २३ विधाका उत्कृष्टलाई सम्मानका साथै जितु नेपालले हास्य प्रस्तुतीमार्फत चलचित्र क्षेत्रकै रमाइला तथा नरमाइला पक्षहरुको बारेमा व्यंग्य गरे भने गायक राजेशपायल राई, ध्रुव विस्कोसहितका कलाकारहरुले सांगीतिक प्रस्तुतीमार्फत दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

Leave a Reply

%d bloggers like this: