Thu. Apr 18th, 2024

नेपाल प्रदर्शन अगावै निर्देशक मिलन चाम्सले आफू निर्देशित फिल्म ‘ब्लाइन्ड रक्स’को प्रिमियर बेलायतमा सम्पन्न गरेका छन् । एन्डरसुटको प्रिन्सेस हलमा आयोजना भएको रेड कार्पेट प्रिमियरमा ६ सय दर्शकले फिल्म हेरेका थिए ।

भक्तपुरकी श्रृष्टी केसीको जीवनीमा आधारित रहेर यो फिल्म निर्माण भएको हो । १६ बर्षको उमेरमै आफ्ना दुबै आँखा गुमाएपनि आफ्नो कलाले चर्चित बनेकी श्रृष्टीको भूमिकामा अभिनेत्री वेनिशा हमालले काम गरेकी छिन् ।
निर्देशक चाम्सले अभिनेत्री हमालको अभिनयको प्रशंसा गरेको बताए । प्रिमियरमा निर्देशक चाम्स, निर्माता निकेश लिम्बु, श्रृष्टी केसी र संचारकर्मी नरेश भट्टराइ उपस्थित थिए ।फिल्म अत्यन्तै राम्रो भएकोले निर्देशक मिलन चाम्स लाइ बधाई दिनेको ओइरो  लागेको छ

Leave a Reply

%d bloggers like this: