Tue. Apr 23rd, 2024

नेपाल आइडलका सातै प्रतिस्पर्धी आइतबार बेलुका एकैपटक बाहिरिए । घरेलु टेलिभिजनमा सर्वाधिक टीआरपी प्राप्त सोजको एलिमिनेसन राउन्ड पनि थिएन । यद्यपी, सातै बाहिरिए ।छक्क नपर्नुहोला  हरेक दिनजसो सांगीतिक अभ्यास र जित्ने मुडमा भेटिने उनीहरु यसपटक भने फिल्मी मुडमा भेटिए । कुमारी हलमा नेपाल आइडलका स्पर्धीलाई भेट्दा फ्यानहरुले घेर्नु अचम्म थिएन । प्रेमगीत २ हेर्न उनीहरु कुमारी आएका थिए । ‘निकै फ्रेस भयो र मनोरञ्जन पनि लियौं’ एकजना प्रतिस्पर्धी एवं पाश्र्वगायक प्रताप दासले भने, ‘फिल्म राम्रो बनेको छ । सबैलाई एकपटक हेर्न सुझाव दिन्छु ।’ दासले फिल्मको क्लब गीत ‘मोटरसाइकलमा…’ गाएका छन् ।त्यस्तै गरि अर्का प्रतिस्पर्धी सुरज थापाले फिल्म एकदमै राम्रो भएको र मन छोएको बताए भने  बीच  बिचमा आफु इमोशनल भएको  पनि बताए ।
सांगीतिक पक्ष र अभिनयले आफूलाई मन परेको अर्का एक प्रतिस्पर्धी बुद्ध लामाले बताए । यी पोखरेली ठिटालाई नेपालको सौन्दर्यले मन छोएछ । अभिनेता प्रदीप खड्का, सन्तोष सेन, कैलाश कट्वालसँग बसेर आइडल टीमले फिल्म हेरेको हो ।  सिनेमा दोस्रो सातामा सुखद अकुपेन्सीसहित प्रदर्शनरत छ । रोमान्टिक ड्रामा अहिले पनि मोफसल र काठमाडौं टेरिटोरीजमा प्रदर्शन भैरहेको छ ।

Leave a Reply

%d bloggers like this: