Wed. Apr 24th, 2024
मित्रता दिवसको अवसर पारेर फिल्मकी निर्मात्री तथा निर्देशक दीपाश्री निरौलाले फिल्मको फस्टलुक पोष्टर सार्वजनिक गरेकी छन् ।
असोज ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको गएको वर्षको सुपरहिट फिल्म ‘छक्का पन्जा’को सिक्वेल ‘छक्का पन्जा २’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्ममा मुख्य भूमिका निर्वाहा गरेका सबै कलाकारहरुको अनुहार अटाइएको छ ।
फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहेको छ ।
 फिल्मका कार्यकारी निर्माता विकास आचार्य हुन् । पहिलो भागमा नदेखिएका स्वस्तिमा खड्का र स्वरूपपुरुष ढकाल यो फिल्मको लिड कलाकारको रुपमा रहेका छन् ।फिल्मको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपक-दीपाको प्रस्तुतीमा तयार भएको यो फिल्ममा जीतु नेपाल, माग्ने बुढो डट कम, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहेको छ ।

Leave a Reply

%d bloggers like this: