Thu. Apr 25th, 2024
बलीउडका चर्चित अभिनेता सुनिल शेट्टी अहिले नेपाल भ्रमणमा छन् । नेपालमा भ्रमणमा रहेका सुनिल शेट्टीले शुक्रवार केबलकार चढ्दै चन्द्रागिरिको भ्रमण गरेका छन् । सुनिल शेट्टीलाई चन्द्रागिरिमा चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए ।
 भ्रमणमा क्रममा सुनिलले भालेश्वर महादेवको दर्शन गर्नुका साथै मनोरम दृष्यहरुको पनि गरे । चन्द्रागिरीको भ्रमण गरेपछि अभिनेता सेट्टीले काठमाडौंको उच्च स्थानमा अत्यन्तै सुन्दर पर्यटकीय गन्तव्यको रुपमा चन्द्रागिरि रहेको बताए ।
 अभिनेता सुनिल शेट्टी नेपाल भ्रमणमा आउनुको कारण भने खुलेको छैन् । सुनिल शेट्टीले फेसबुक, इन्टाग्राम, ट्विटर कतैपनि नेपाल भ्रमणमा रहेको जानकारी दिएका छैनन् । दर्जनौ हिट बलीउड फिल्ममा काम गरेका सुनिल शेट्टीको यो पहिलो नेपाल भ्रमण हो ।

Leave a Reply

%d bloggers like this: